सुनिधि चौहानका छोरा (पहिलो फोटो)

भारतीय गायिका सुनिधि चौहानले आफ्नो छोराको पहिलो फोटो सेयर गरेकी छन् । उनले फोटो पोस्ट गर्दै लेखेकी छन् ‘रेडी फर माइ फस्ट गीग याज अ मम’ ।

सुनिधिले यस बर्ष १ जेनवरीमा छोरालाई जन्म दिएकी थिइन् । फोटोमा सुनिधि कालो र सेतो आउटफिटमा छिन् भने उनका छोरा उनको काखमा । ३४ बर्षकी सुनिधिले २४ अप्रिल २०१२मा आफ्ना सानै देखिका साथी तथा संगीत निर्देशक हितेश सोनीकसंग दोस्रो बिवाह बिवाह गरेकी थिइन् ।