निर्देशनमा मरिष्का

गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको गीतिसंग्रह ‘एकतर्फी माया’ सार्वजनिक भएको छ। कवि तथा गीतकार दिनेश अधिकारी तथा संगीतकार दिपक जंगमले राजधानीमा एक कार्यक्रम बीच सनिवार एल्बम सार्वजनिक गरे। एल्बममा चार आधुनिक तथा चार लोकपप गीत छन् ।

गीतकार न्यौपानेको यो छैठौ एकल एल्बम हो । यस अघि उनको एकल रचनामा ‘चेतना’, ‘हिमालको चन्द्र’, ‘होराइजन’, ‘बाल कुसुम’ र ‘त्यो सपना’ बजारमा आइसकेका छन् । लेखनका सबै बिधामा कलम चलाउने न्यौपानेका करिब शय भन्दा बढि गीत, गजल र भजनहरु संग्रहित छन् ।

कार्यक्रममा बोल्दै गीतकार न्यौपानेले भने –  “हामीले केहि समय अगाडी देखि नै एल्बम ल्याउने तयारी थालेका थियौ । समय मिल्नु पर्ने रैछ , त्यो अहिले मिल्यो । हामीले यसमा सबै किसमका गीतलाई समेटेका छौ । यसैले गर्दा यो एल्बम सबैको लागि हो ।”

गायक गुरागाईको यसअघि ‘माई च्वाइस’एल्बम आइसकेको छ । संगीतकार भट्टराईका हालसम्म पाँच एकल एल्बम र करिब डेढ सय गीत, गजल र भजन सार्वजनिक भइसकेका छन् ।

कार्यक्रममा अभिनेत्री मरिष्का पोखरेलले निर्देशन गरेको पहिलो म्युजिक भिडियो ‘एकतर्फी माया’ पनि सार्वजनिक गरिएको थियो । भिडियोमा मरिष्का र पुष्पल खड्काले अभिनय गरेका छन् । गीतमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरेको सम्पादन रहेको छ ।