हजारौंको भीडमा ‘मालिका’

सय भन्दा बढी कोरस र हजार भन्दा बढी गाउलेका बीच रेखा थापाको फिल्म ‘मालिका’ को गीत छायांकन भैरहेको छ । रेखा थापाको निर्माण तथा निर्देशनमा तयार भैरहेको फिल्म हाल जाजरकोटमा छायाँकन भैरहेको छ ।
काठमाण्डौबाट छायाँकन सुरु गरेर कोहलपुर हुदै जाजरकोट पुगेकी रेखाले दुई दिनमा गीतको छायाँकन सकिने बताएकी छन् । स्थानीय भेषभुषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर र्दुइ सय ६८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा ‘मालिका’ को गीत छायांकन गरिएको हो ।
मुख्य सहायक निर्देशक नवराज आचार्यका साथमा फिल्मको निर्देशन रेखा आफैले गर्दै छिन । मालिकामा रेखा र नरबहादुर कार्कीसँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ । रेखाको आफ्नै स्क्रिप्ट रहेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । हिम्मतवाली पछि रेखा मालिका मार्फत निर्देशनमा फर्किएकी हुन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया