‘भाइरल’ गायक २० लाखमा अनुबन्धित

‘भाइरल भइदियो’ गीत मार्फत चर्चामा आएका गायक मानस राजलाई इण्डियन म्युजिक कम्पनी विंग्स इन्टरटेन्मेन्टले २० लाख रुपैयामा एक एल्बमका लागि साइन गराएको छ ।

एल्बममा समावेश हुने चार गीतको काम लगभग फाइनल भईसकेको छ भने चार गीतको काम भने अझै बाकी छ । एल्बममा रोमान्टिक गीतहरु समाबेस हुनेछन् । आउदो अगस्टमा एल्बम लन्च गर्ने तयारी रहेको छ ।

सानै देखि लेखनमा रुची रहेका मानस पछिल्लो समय भाइरल गायक रुपमा परिचित छन् । उनले आफ्नो यात्रा त गायकको रुपमा सुरुवात गर्न खोजेका थिए तर पहिलो गीत नै असफल भएपछि उनी रचनाकारको रुपमा अगाडी आए । यसमा एल्बममा डान्सीङ शैलीको सेलिब्रेसनल टाइपको गीतसंगीतहरु हुने छन् । एल्बममा शब्द, संगीत र स्वर मानस कै रहने छ ।