दीपिकाले अनिलसंग किन मागिन माफी ?

- मेराेफिल्म

नायिका दिपिकाले अनिल कपूरकी छोरी सोनमको बिहेमा आउन नपाएपछि अनिलसँग माफी मागेकी छन् । बिहेमा सबै जसो सेलिब्रिटीको उपस्थिती रहे पनि दिपिका भने आउन पाएकी थिइनन् । कारण थियो कान्स ।

अनिलले भेटमा दिपिकालाई धेरै मिस गरेको बताएका छन् । जब दीपिका र अनिल कपुरबीच भेट भयो तब दीपिकालाई देख्न बित्तिकै अनिलले भने – ‘तिमीलाई धेरै मिस गर्यौं ।’ जवाफमा दीपिकाले भनिन्, ‘हो, थाहा छ मलाई । मलाई माफ गरिदिनुस्, म त्यतिबेला कान्समा थिएँ ।’यद्यपी, सोनमको रिसेप्सनमा दीपिकाका प्रेमी रणबीर सिंह भने मज्जाले नाचिरहेका थिए ।

२०७५ जेठ १५ गते २१:०७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *