युवराजसंग किन टाढा भइन् अनु ? (भिडियो)

नेपाली पार्श्व गायनमा अग्रणी स्थान ओगटेका गायक हुन् युवराज चौलागाईं । नेपाली फिल्मसंगै सुगम संगीत क्षेत्रमा पनि उत्तिकै ब्यस्त चौलागाईं पछिल्लो समय आफ्नो नयाँ गीत ‘किन टाढा भयौ’ लिएर स्रोता दर्शक माझ आएका छन् ।

संगीतमै केहि गर्छु भनि यस क्षेत्रमा होमिएका चौलागाईं पछिल्लो समय धेरै संगीतज्ञको रोजाई बन्ने गरेका छन् । बिशेषत: मार्मिक खालका गीतमा रुचाईएका चौलागाईंले त्यस्तै मार्मिक भाव समेटिएको गीत किन टाढा भयौ केहि दिन अगाडी सार्वजनिक गरेका हुन् ।

पूजा शाहको शब्द रहेको उक्त गीतमा संगीत स्वयम् चौलागाईंकै रहेको छ भने भिडियोमा अनु शाह संगै उनी आफैले अभिनय गरेका छन् । उक्त गीतको भिडियो बिशाल भण्डारीले निर्देशन गरेका हुन्। भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ भने सम्पादन निशान घिमिरेले गरेका छन् ।