चित्रकला प्रदर्शनीमा अन्जु पन्त

- मेराेफिल्म

चित्रकार कुशल बस्ताकोटीले अमेरिकामा एक प्रर्दशनी गरेका छन । हालसम्म ३५ भन्दा बढी ठाउमा चित्रकला प्रर्दशनी गरिसकेका बस्ताकोटीको उक्त प्रदर्शनीमा ५०० बढी ब्याक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त प्रदर्शनीमा केही समय देखि अमेरिकामै रहेकी गायीका अन्जु पन्त समेत पुगेकी थिइन् । प्रदर्शनी युनाइटेड नेप्लिज एसोसिएसनको तेस्रो सम्मेलनको क्रममा भएको हो ।

चित्रकार बस्ताकोटीको प्रदर्शनीमा नेपाली परिवेस, गाउ, सहर तथा विभिन्न ठाउहरुको पेन्टिङ राखिएको थियो । यस प्रदर्शनीबाट आफुलाई निकै सकारात्मक प्रतिक्रिया आएको र त्यसको कारण हौसला बढेको चित्रकार बस्ताकोटीले बताए । पोखरामा जन्मिएका उनी यतिबेला अमेरिकामा बस्दै आएका छन् । उनी अध्यानसंगै चित्रकलामा समय बिताउने गर्छन ।

२०७५ जेठ १४ गते १४:०३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *