आर्यनको सिक्स प्याक्सले काम चलेन

नेपाली फिल्म सिमित कलाकारको घेरामा नजरबन्द छ । संचारमाध्यममा पनि सिमित कलाकारले उच्च स्थान पाएका छन् ।

अहिलेका स्टार भन्ने वित्तिकै अनमोल केसी, प्रदिप खड्का, पल शाह, सलिनमान बनियाँको नाम वुझिन्छ । फिल्ममा लिनका लागि तछाडमछाड गर्ने निर्माताको ताती पनि यी चार जनामा मात्र सिमित छ । यी चारै जना अभिनयमा आलोचित, लुक्समा प्रशंसित छन् । यी सूचीमा आशिरमान देशराज, आर्यन अधिकारीको नाम सामेल नै हुन सकेन ।

अभिनेता आर्यन अधिकारीले ‘के म तिम्रो होइन र’ फिल्ममा काम गर्दा सबैलाई टक्कर देलान् भन्ने सोचिएको थियो । उनको सिक्स प्याक्सले त टाइगर श्राफसँग नै उनको तुलना भयो । तर, आर्यन खस्कदै खस्कदै गए र अहिले हिरोहरुको काउनडाउनमा पर्न नै सकेका छैनन् । फिल्म ‘बटरफ्लाई’ नचलेपछि त आर्यन ओझेलमा छन् ।

आर्यनको ‘बाँध मायाले, जश्मिन, करोडपति’ फिल्म रिलिज हुन बाँकी नै छ । तर, आर्यनकै नामले दर्शकलाई उत्साहित बनाउने काम गर्न सकेको छैन । बरु, पहिलो फिल्ममा त आर्यनको सिक्स प्याक्सले हाइलाइट पाएको थियो ।

तर, एउटा फिल्ममा पो सिक्स प्याक्स । त्यसपछि यत्तिले मात्र नपुग्ने रहेछ । आर्यन पनि अहिले यस्तै भएका छन् ।