निर्माता माधव वाग्ले अस्पताल भर्ना

- मेराेफिल्म

नक्कली नोट प्रकरणमा पक्राउ परी हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका निर्माता माधव वाग्ले अस्पताल भर्ना भएका छन ।

उनी डिप्रेसन, मधुमेह, प्रेसरका पुराना रोगी थिए । उनलाई रोगले च्यापेपछी उपचारका लागि ग्रिनसिटी अस्पातल लगिएको र उनको उपचार भैरहेको महानगरीय बृत महाराजगञ्जका डिएसपी योगेन्द्र सिंह थापाले जानकारी दिएका छन ।

नक्कली नोट प्रकरणमा बाग्लेको बयान लिने क्रम चलिरहेको समेत डिएसपी थापाले बताए । उनी गत जेठ २ गते ठुलो मात्रामा नक्कली नोट सहित पक्राउ परेका थिए । उनलाई अनुसन्धानकालागि महानगरीय बृत महाराजगञ्जमा राखिएको छ ।

२०७५ जेठ १५ गते ११:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *