आनाको मोह

हिरोइन आना शर्मालाई फिल्मको बजार देखेर विरक्त लाग्न थालेछ कि के हो ? उनी न त फिल्मका कार्यक्रममा देखिन्छिन् न त फिल्ममा नै । नेपाली फिल्ममा संभावना देखाएकी आनालाई यति चाडै फिल्मदेखि टाढा हुन किन मन लागेको होला ?

फिल्म ‘ग्याङस्टार ब्लूज’का लागि गरेको मेहेनत खेरा गएपछि आनाले फिल्मको बजारलाई वेवास्ता गरेकी हुन सक्छिन् । हिरो अनमोल केसीको जोडी भएर काम गरेपछि आना चल्छिन् भन्ने लागेको थियो सबैलाई । तर, आना चलिनन् ।

आनाले इन्स्ट्राग्राममा पोष्ट गर्ने तस्बिरहरु आकर्षक हुन्छन् । उनले, हालै अपडेट गरेको एक तस्बिरमा वाइनको गिलास लिएर मदहोस देखिएकी छिन् । आनाको तस्बिरहरुमा उनी प्रेमी र साथीसँग नै बढी रमाएको पाइन्छ ।

फिल्म ‘ग्याङस्टार ब्लूज’ पछि आनाले भाष्कर ढुंगानाले बनाएको एउटा फिल्ममा मात्र काम गरेकी छिन् । अंग्रेजी भाषामा बनेको यो फिल्ममा काम गरेकी आना प्रेमकै मदहोसमा रमाएकी छिन् ।

उनी भन्दा पछाडि आएका हिरोइनहरुले बजारमा तहल्का पिट्दा उनको मोह भने फिल्म भन्दा अन्तै किन बढी गएको होला ?