रियल स्टोरी ‘बोबी’को गीत सार्बजनिक

नेपाली फिल्म बबी को आँखाको नानी बोलको गीत सार्बजानिक भएको छ । गीतको शब्द संगीत बसन्त सापकोटाको रहेको छ भने राजेश पायल राई र दिपा लामाले स्वर भरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा उमेश थापा र कबिता गुरुङको रोमान्सलाई हेर्न सकिन्छ । फिल्मको कथा पनि उमेश थापा र कबिता गुरुङको वास्तविक जीवनमा आधारित रहेको छ । नवराज कृष्ण थापाको छायांकन, बनिश शाहको सम्पादन रहेको भिडीयोमा कोरियोग्राफी कबिराज गहतराजको रहेको छ । फिल्ममा कबिता गुरुङ र उमेश थापासँगै बिजय लामा, रुबी राणा शाह, देश भक्त खनाल, रश्मि भट्ट, सुरबिर पन्डित, रबि गिरी, बालदिप राई, शिशिर राना, पूर्निमा लामा, बादल भट्ट लगायतका कलकारहरुको अभिनय रहेको छ ।
फिल्मको निर्देशन तथा निर्माण मिलन चाम्सले गरेका हुन । फिल्ममा स्कृप्ट नरेश भट्टराई र गिरीराज घिमिरेको रहेको छ भने अर्जुन जिसीले फिल्मको सम्पादन गरेका हुन । फिल्म चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको हो । रियल स्टोरी, रियल क्यारेक्टर अभिनित फिल्म बोबी असार २९ गते देखी प्रदर्शनमा आउँदै छ ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया