अस्ट्रेलियामा ‘कोहलपुर एक्सप्रेस’

अभिनेत्री केकी अधिकारी निर्मित तथा अभिनीत फिल्म ‘कोहलपुर एक्सप्रेस’ को अष्ट्रेलिया राइट्स विक्री भएको छ । यो फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार खरिद गरेको मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच, यस विषयमा राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले जानकारी गरायो।

यसअघि यस कन्सल्टेन्सीले केकी अभिनित फिल्म ‘लभ सासा’ लाई पनि अस्ट्रेलियामा प्रदर्शन गर्ने जिम्मा लिएको थियो ।नेपाली फिल्मको बजार बिस्तारका लागि राईट एण्ड एसोसियट्स अझै लागीपर्ने संस्थाका निर्देशक अधिकारीले बताए ।

कार्यक्रममा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी, निर्देशक बिशाल भण्डारी, कन्सल्टेन्सीको तर्फबाट पी.आर.अधिकारी, प्रतित खड्का, सुरज बस्नेतलगायतको उपस्थिति थियो ।

केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको यस फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।