निखिलको कमिटमेन्ट गफ मात्र

अभिनेता निखिल उप्रेतीले ५ बर्ष मुम्बई बसेर फिल्म लाइनमा कमब्याक गर्दा चर्का कुरा गरे । उनले, फिल्म लाइनलाई नै कायलपलट गरिदिने कुरा समेत गरे । उनको यो फुर्तीकै विचमा फिल्म ‘भैरव’ बन्यो । फिल्म चल्यो भन्ने हल्ला गरियो तर चलेन

। निखिलले फरक सोच्नुपर्छ भनेपनि कथावस्तु घिसिपिटीमै अल्झिएको छ । निखिल पनि एउटा सानो घेराको चंगुलमा फसेका छन् । निखिलले दोश्रो पटक निर्देशन गर्ने भन्दै घोषणा गरेको फिल्म ‘कमिटमेन्ट’ पनि रोकिएको छ । ३० प्रतिशत जति छायांकन गरेर निखिल थाकेका छन् । प्राविधिकलाई पैसा दिन नसकेपछि उनले आलोचना पनि झेले । अमेरिका, सिंगापुर, थाइल्याण्डमा फिल्म खिच्ने उनको योजना पुरा हुने देखिदैन ।

निखिलले यो फिल्ममा आफ्नै साली सिवानी लुइटेललाई हिरोइन बनाएका थिए । फिल्म छायांकन भैरहँदा अवरोध नै अवरोध आएपछि सिवानी फिल्म छोडेर दिल्ली पुगिसकेकी छिन् । उनले, नयाँ पेशा सुरु गरेकी छिन् ।

निखिलको कुरा सुन्दा, उनी फिल्म लाइनका लागि भिष्मापितामह नै हुन् जस्तो लाग्छ । तर, निखिलले बनाएका फिल्म र खेलेका फिल्म हेर्दा उनको ‘कमिटमेन्ट’ गफ जस्तै लाग्छ । निखिलले आफ्नै कमिटमेन्ट पहिला पुरा गरेपछि फिल्म लाइन बनाउन ठेक्का लिए हुँदैन ?