करोड क्लबमा सुनकेसरी

नेपालको इतिहासमा हरर जनराको फिल्म निर्माण गरेर पनि सुखद सुरुवात गर्ने फिल्ममा ‘सुनकेसरी’ सामेल भएको छ । प्रदर्शनको ५औँ दिनमा फिल्मले १ करोड भन्दा बढीको ब्यापार गर्न सफल भएको छ । फिल्म करोड क्लबमा पुगेसँगै निर्माण यूनिटले केक काटेर खुशीयाली साटेको छ ।

फिल्मले नेपालबाट लगानी सुरक्षित गर्नेमा प्रदर्शन अगाबै निर्मात्री नायिका ऋचा शर्मा आशावादी देखिएकी थिइन । नेपालमा फिल्मले राम्रो ब्यापार गरेसँगै अष्ट्रेलिया लगायतका बिभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने पक्का भैसकेको समेत ऋचाले बताईन् ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म सुनकेशरीमा रिचा शर्मा, भिम न्यौपाने, शर्मिला सापकोटा लगायतको संयुक्त लगानी रहेको छ भने अर्पण थापाको कथा तथा निर्देशन रहेको छ । फिल्ममा रिचा शर्मा, रबिन्द्र झा लगायत नेपाली सहित अस्ट्रेलियन कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा काली प्रसाद बास्कोटा र बिजय अधिकारीको संगीत, रह शर्माको छायाङ्कन, आन स्कट क्लेमेन्टको सम्पादन, जर्ज सालिवा र मिचेल सालिवाको द्वन्द रहेको छ ।