करिनाको ड्रेसमा पतिको अवरोध

सैफ अली खान खुला बिचारका छन् । उनी आफ्नी पत्नी करीना कपूर खानलाई त्यती दबाएर राख्दैनन् । करीनाले के लगाउने, यसको फैसला पनि करीना आफै गर्छिन् । तर पछिल्लो समय सैफको अलग रुप देखिएको थियो ।

करीना कपूरको फिल्म वीरे दी वेडिंग एक जूनमा प्रदर्शन हुने भएको छ । जहाँ करिना कपूर लीड रोलमा देखिने छिन । फिल्मको प्रमोशनको एक इभेंन्टमा करीना कपूरले ब्लाक कलरको ड्रेस लगाएकी थिईन् । जस्मा उनी निकै हट र ग्लामरस देखिकी थिईन् । करीनाको यो हट लुक उनका पति सैफलाई बिलकुल मन परेन र उनले करीनालाई ड्रेस फेर्न समेत भनेका थिए । करीनाले यो कुरा एक इन्टरभ्युको दैरानमा बताईन् । वीरे दी वेडिंगमा करीना सँगै सोनाम कपूर, स्वरा भास्कर, शिखा तल्सानिया लगायतको प्रमुख भूमिका रहेको छ । फिल्मको निर्देशन शशांक घोषले गरेका हुन् ।