पृथ्वी र किशोरलाई छविले उचालेर मात्र के गर्नु ?

कुनै कलाकार राम्रो ब्यानरमा काम गर्ने वित्तिकै हिट हुँदैनन् भन्ने उदाहरण खोज्न निर्माता छविराज ओझाको कार्यलयतिर पुग्दा हुन्छ । छविराज ओझासँग काम गर्नका लागि हिरो र हिरोइन तछाडमछाड गर्छन् ।

छविराज ओझाले रेखा थापा, आर्यन सिग्देल, जीवन लुइटेल, विराज भट्ट, निखिल उप्रेती, राजेश हमाललाई स्टार बनाएका थिए । अहिले शिल्पा पोख्रेललाई पनि स्टार बनाएका छन् । यही भएर छविराजको फिल्म खेल्न पाउनु कलाकारका लागि सौभाग्य हो भनिन्छ ।

तर, सबैमा यो कुरा लागू हुँदैन । छविराज ओझाले नै उचालेका अभिनेताहरु किशोर खतिवडा र पृथ्वीराज प्रसाइलाई हेर्ने हो भने पनि यो कुरा वुझिन्छ । पृथ्वीले छविको ब्यानरको फिल्म किस्मत २ बाट फिल्ममा आगमन गरेका थिए । अभिनेता किशोर खतिवडाले त छविको फिल्म धेरै खेलिसके ।

छविका लागि किशोर एक प्रकारले भन्दा विकल्पका हिरो हुन् । अरु कोही भएनन् भने किशोरलाई लिने छविको बानी पुरानै हो । छविराज ओझाले उचाल्दा पनि किशोर र पृथ्वी उड्न नै सकेनन् । किस्मत २ र मंगलममा पृथ्वीले काम गर्दा उनले पैसा लगानी गरेको आरोप पनि लागेको थियो ।

किशोर खतिवडाले धेरै फिल्म खेलिसके । अहिले उनी फिल्ममा छन् कि छैनन् भन्ने दर्शकलाई नै थाहा छैन ।