‘पण्डित बाजेको लौरी’को ‘चोली तुना’ गित सार्बजनिक

राजधानीमा एक कार्यक्रमका बिच फिल्म ‘पण्डित बाजेको लौरी’को गित ‘चोली तुना’ सार्बजनिक गरिएको छ । कृष्ण केसीको शब्दमा श्री कृष्ण बम मल्लको संगीत रहेको सर्बजनिक गीतमा मिना निरौला र श्री कृष्ण बम मल्ल स्वयमले स्वर भरेका छन । भिडियोमा बिक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार प्रबिन खतिवडाले फिल्ममा बाहुनबाद र बाहुनबादले उब्जाएको कुप्रथाको बिरुद्धको कथा रहेको बताए । उनले भने,’ती कुप्रथा र कुरितीका बिषयमा फिल्मको कथा घुमेको छ’।

त्यस्तै फिल्ममा ‘बदेनी’को भूमिकामा प्रस्तुत भएकी नायिका सन्ध्या केसिले फिल्ममा बादी महिलाको क्यारेक्टर आफुले निभाएको र त्यसकालागी बादी समुदाय र बादी महिलाको बारेमा आफुले फिल्म छायाङ्कन अगाडी अध्ययन गरेको बताइन । बादी महिलाको मनमा हुने इच्छा र चाहानाका बाबजुद उ कसरि बाध्यताको भुमरीमा जेलिन्छे भन्ने क्यारेक्टर आफुले निभाएको बताइन ।

फिल्मकी अर्की नायिका मरिस्का पोखरेलले आफ्नो भूमिका दर्शकहरुले रुचाउने विश्वाश ब्यक्त गर्दै फिल्म हेर्न हलसम्म आउनकालागी सम्पूर्ण दर्शकलाई अनुरोध समेत गरिन ।

अधृत फिल्म्स प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

‘पण्डित बाजेको लौरी’मा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर गिरीको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेको छ ।