कमलको ‘कहाँ पाइन्छ र’ म्युजिक भिडियो सार्वजनिक

नाच न, आइ लभ यू, तिम्रै मायाले, कोदोकोला जस्ता हिट गीतहरुका गायक कमल के क्षेत्रीले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नो जन्मदिनको अवसर पार्दै कमलले ‘कहाँ पाइन्छ र’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

विभोर पोखरेल निर्देशित भिडियोमा अकेशा विष्ट र गायक क्षेत्री आफैंले अभिनय गरेका छन् । अनिल के मानन्धरको छायाँकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन ।