निराजन प्रधानले छोडे ‘प्रेमालय’

नायक निराजन प्रधानले फिल्म ‘प्रेमालय’ छोडेका छन । फिल्मको केहीदिन अगाडी एक औपचारिक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको थियो । फिल्म अनाउन्समेन्ट भन्दा अगाडी नै सुटिङ सुरु गर्ने चर्चा चलेको फिल्मका लागि ८ महिना अगाडी देखी तयारी गरिरहेका निराजनले एक्कासी डेब्यु फिल्म नै किन छोडे भन्ने बिषय सोचनीय बनेको छ ।

८ महिना देखि अन्य कुनै प्रोजेक्टमा काम नगरेका प्रधानले फिल्म निर्माणको क्रम निकै सुस्त भएको र फिल्म निर्माण यूनिट फिल्म फ्लोरमा जाने डेटमा अहिलेसम्म अन्यौलमा रहेका कारण फिल्म छोडेको बुझिएको छ । यध्यपी निराजनले भने फिल्म छोड्नुको ठोस कारण खुलाएका छैनन् । फिल्ममा निराजनसंगै मरिस्का पोखरेल, डा सूर्या थापा, सन्नी ढकालको अभिनय रहने भनिएको थियो । निराजनले फिल्म छोडेपनि अन्य कलाकार भने यथावत रहेको बुझिएको छ ।