फ्राइडे रिलिजमा ३ फिल्म ‘हरी’, ‘अमेरिका बोइज’ र ‘बेबी आई लभ यू’

नेपाली फिल्म हलहरुमा आजबाट ३ फिल्म एकसाथ प्रदर्शनमा आएका छन । फिल्म ‘हरी’, ‘अमेरिका बोइज’ र ‘बेबी आई लभ यू’ प्रदर्शनमा आएका हुन् ।
बिपिन कार्कीको मुख्य भुमिका रहेको फिल्म ‘हरी’मा बिपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतको अभिनय रहेको छ । फिल्म शुभलाभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा कार्यकारी निर्माता रहेको फिल्म लेखन तथा निर्देशन सफल केसी र प्रतीक गुरुङले गरेका हुन् । फिल्ममा चिन्तन राजभण्डारीको छायाङ्कन र अर्जुन कार्कीको सम्पादन रहेको छ ।
लभ स्टोरी फिल्म‘बेबी आई लभ यू’मा सन्तोष खड्गी, पुजा तिवारी,सरोज खनाल, निर्मल शर्मा, रेसम बुढाथोकि, एपसोन पन्थि,बिमला गिरी, किरण के शर्मा लगायतले अभिनय रहेको छ भने कार्टूंन्ज क्रिउ बिशेष भूमिकामा देखिएका छन । जनक पाण्डेको निर्देशन, सुरज आचार्यका छायांकन रहेको फिल्मलाई शिव न्यौपानेले निर्माण गरेका हुन् । फिल्मको पटकथा, संगीत सन्तोष खड्कगीकै रहेको छ भने गीतलाई सन्तोष खड्गी, निर्मल बिक, प्रियंका शर्मा लगायतले स्वर दिएका छन् । फिल्मको सम्पादन सुवास देवकोटाले गरेका हुन् । लिचि ईन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्म जेष्ठ १८बाट अल नेपाल रिलिज हुनेछ ।
प्रवेश पौडेल निर्देशित ‘अमेरिका बोइज’मा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ ।
‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ । समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज के.सी पनि सह-निर्माताको रुपमा रहेका छन् । विवेक पण्डेको कथा, पटकथा र संबाद रहेको फिल्ममा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री (नेपाली ठिटोज)को नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द रहेको छ । आलोक शुक्लाले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।