सबिनलाई छोडेर अर्कैसँग रक्षा (भिडियो)

गरिबीका कारण समाजबाट हेपिँदै आफ्ना घर परिवार प्रेमिकालाई छोडेर पैसा कमाउन बिदेशिन्छ एक युवक । केही समयको बिदेश बसाई पछी जब घर फर्कन्छ उसकी प्रेमिका अरु कसैकी भैसकेकी हुन्छे । यही भोगाई नायक सबिन श्रेष्ठलाई परेको छ । उनकी प्रेमिका रक्षा श्रेष्ठले उनलाई छोडेर अरु कसैसँग बिबाह गरेकी छन् तर वास्तविक जीवनमा नभई म्युजिक भिडियोमा ।

ज्ञान सुब्बाको ‘रेटियो छाती’ बोलको गीतको भिडियोमा निर्देशक सोनाम पाख्रिनले यही कथा प्रस्तुत गरेका छन । राजेन्द्र ‘दिप’को शब्दमा शिलाबहादुर मोक्तानको संगीत रहेको उक्त गीतको भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने सम्पादन निशान घिमिरेले गरेका छन ।