प्रमोद खरेलको नयाँ गीत ‘पृथ्वी’ रिलिज

‘विश्वास छैन चोट लाग्यो भनेर रोकिन्छौकी
पिरै छैन पराईको पाखुरीमा पोखिन्छौकी
पृथ्वी गोलो गोलो छ डर लाग्छ घुम्दै फीर्दै ठोकिन्छौ की’
युवा पुस्ताको ढुकढुकी बन्दै आएका चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ुपृथ्वीु रिलिज भएको छ । गीतको शब्द, संगीत, स्वर आफ्नै रहेको छ भने म्युजिक एरेन्जमेन्ट शैलेन्द्र प्रधानले गरेका हुन् । गीतको म्युजिक भिडीयोमा सारा सिरपाली र फिरोज तिमल्सिनाको अभिनय हेर्न सकिन्छ र्। सुब्रतराज आचार्यले निर्देशन गरेको भिडीयोको प्रस्तुतकर्ता दीक्षा क्रियसन रहेको छ । जीवन रिजाल र निराजन कार्कीको छायांकन रहेको उक्त भिडीयोमा प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।