एउटाको पछि लाग्दा अर्कोलाई विर्सिए अर्पणले

अर्पण थापा हिरो होइनन् कलाकार हुन् । हिरो बनेर त उनले हिरोइनलाई डाँडाँमा लगेर रोमान्स गर्न सक्दैनन् । तर, उनी राम्रो कलाकार हुन् । अर्पण थापाले निर्देशन मात्र गरेको हरर फिल्म सुनकेशरी अघिल्लो शुक्रबारदेखि हलमा चलेको थियो । फिल्मको व्यापार सबैलाई थाहा छ । यो फिल्मको निर्देशक भएकाले पनि अर्पणलाई यसको भार पर्ने नै भयो ।

यो फिल्मको समिक्षाबाट अर्पणले तारिफ पाएनन् । अर्पणले फिल्मको अभिनय मात्र गर्दा हुन्छ भनेर दर्शकले भने । किनकी, अर्पण फिल्मको निर्देशनमा लामो तरिकाले हिड्ने निर्देशक होइनन् भन्ने उनले नै प्रमाणित गरिसकेका छन् ।

एक सातामै अर्पणको लिड रोल रहेको ‘अमेरिका बोइज’ नाम गरेको फिल्म हलमा लागेको छ । यो फिल्मको मुटु नै अर्पण रहेको टिप्पणी दर्शक र फिल्म हेर्ने पत्रकारले गर्न थालेका छन् । फिल्म ‘विर विक्रम’पछि अर्पणले राम्रो भूमिका पाएको टिप्पणी भएको छ । तर, फिल्म ‘सुनकेशरी’को व्यापार र पब्लिसिटीमा दौडिएका अर्पणले अमेरिका बोइजको नाम समेत लिएनन् ।

आफूले निर्देशन र निर्माण गरेको फिल्मको लागि अर्पणले आफूले अभिनय गरेको फिल्मलाई समय दिएनन् । तर, सुनकेशरी र अमेरिका बोइज हेर्ने दर्शकले अर्पणलाई मुर्ख भन्छन् । अर्पणले अमेरिका बोइजको प्रचारमा हिडेको भए उनलाई फाइदा हुन्थ्यो । तर, निर्देशन गरेको फिल्मलाई मात्र अंगालो हाल्दा अर्पण आफैले अभिनय गरेको फिल्ममा राम्रो काम गरेर पनि छायाँमा परेका छन् ।