आमिर खान र उनकी छोरी ट्रोलको सिकार

- मेराेफिल्म

बलिउड एक्टर आमिर खान आफ्नो कजन मन्सूर खानको बर्थडे सेलिब्रेट गर्न परिवारको साथमा मन्सूरको घर पुगेका थिए । अहिले सोशल मिडीयामा उनका केहि फोटोहरु भाईरल भईरहेका छन् ।

फोटोमा आमिर आफनो आमा जीनत हुसेन, पत्नी किरण राव, छोरा आजाद राव खान र छोरी ईराका साथ फेमिली टाईम इन्जोय गरिरहेको हेर्न सकिन्छ । त्यस्तै अर्का तर्फ आमिरले आफ्नो फेसबुक अकाउन्टमा एक फोटो शेयर गरेका छन्, जहाँ उनी आफ्नो छोरीसँग एरिया पार्कमा खेलिरहेको हेर्न सकिन्छ । फोटोमा ईरा आमिरको पेटमा बसेर मस्ती गरिरहेको देख्न सकिन्छ तर फेसबुक फ्रेण्डहरुलाई बुबा र छोरीको मस्ती खास्सै मन परेन । त्यसैले सोशल मिडीयामा आमिर र छोरी ईराको ट्रोल बनिरहेको छ । यसको साथै उनीहरुको फोटोलाई लिएर अश्लील कमेन्ट गरिरहेका छन् ।

२०७५ जेठ १९ गते १८:४२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *