पुष्पले छाडे छक्का पन्जा ३, पुष्पको ठाउँमा सन्जोग

अभिनेता पुष्प खड्काले अन्तिम समयमा आएर छक्का पन्जा ३ बाट हात झिकेका छन् । पुष्पले मेरो फिल्मसँगको कुराकानीमा निर्माण युनिटले रोलको बारेमा राम्ररी जानकारी नपाएकाले फिल्म छाड्ने निर्णय गरेको जानकारी गराए ।
नायक पुष्प खड्काले भने, ‘मेरो क्यारेक्टरको बारेमा मलाई जानकारी गराइएन र मैले बारम्बार स्क्रिप्ट माग्दा पनि दिइएन । फिल्ममा मेरो गेस्ट रोल भनिएको थियो यसमा पहिला कुरा हुँदा मेरो १० सिन भन्नु भएको थियो तर अहिले सिन पनि घटेर ५ सिन मात्र भन्ने कुरा आयो । त्यसैले मैले फिल्म छोड्ने निर्णय गरेको हुँ ।’
निर्देशक दिपाश्री निरौलाले भने पुष्पले अन्तिम समयमा कुरा फेर्दा अचम्म लागेको बताइन् । उनले भनिन्, ‘पुष्पलाई हामीले गेस्टरोलका लागि छानेका थियौँ । गेस्ट रोल गर्ने आर्टिस्टलाई पुरै स्क्रिप्ट दिन मिल्दैन । उहाँले पुरै स्क्रिप्ट माग्नु भयो । पहिले हाम्रो कुरामा राजी हुनु भएको थियो र पारिश्रमिक पनि लिइसक्नु भएको थियो । अहिले अचानक गर्दिन भन्नु भो ।’
पुष्पले नगर्ने भनेपछि खाली रहेको रोलमा निर्माण युनिटले सन्जोग कोइरालालाई खेलाउने निर्णय गरेको मेरो फिल्मलाई जानकारी प्राप्त भएको छ । सन्जोगले पोखरामा चलिरहेको सुटिङ सेटसमेत ज्वाइन गरिसकेका छन् ।
फिल्मसम्बद्ध स्रोतका अनुसार पुष्पले गर्ने भनेको गेस्ट रोल सात सिनको रहेको छ । आउँदो फुलपातीमा रिलिज हुने घोषणा गरेको फिल्मको अझै २० दिन सुटिङ बाँकी छ ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया