माधुरीका कारण ‘संजु’ बाट सिन हटाइयो

संजय दत्तको बायोपिक ‘संजु’ मा उनका धेरै राज खुल्नेवाला छन् । उनको अदालतको मामिला ड्रग्सको लत महिलाहरुसंगको सम्बन्ध सबैलाई फिल्ममा देखाईने छ । ९० को दशकमा संजय दत्त र माधुरी दीक्षितको अफेयरको चर्चा चलेको थियो ।

हालसालै फिल्म संजुमा माधुरीले फिल्म डाइरेक्टर राजकुमार हिरानीलाई भनेर फिल्मको एउटा सिन हटाउन लगाएको खबर बाहिरिएको छ । फिल्ममा एउटा यस्तो सिन थियो जहाँ संजय एरेस्ट भएपछि फोन गर्छन र फोन चै एक्ट्रेसकी आमाले उठाउछिन् । र भन्छिन कि एक्ट्रेस अब उनी संग कुनै पनि किसिमको सम्बन्ध राख्न चाहदिनन् । ती एक्ट्रेस अरु कोहि नभएर माधुरी दीक्षित हुन् ।

फिल्म संजुको ट्रेलर सार्बजनिक भइसकेको छ । रणवीर कपुरको मुख्य अभिनय रहेको यस फिल्ममा परेश रावल मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर लगायतको अभिनय रहेको छ । राजकुमार हिरानी निर्देशित फिल्म बिनोद चोपरा फिल्म्स र राजकुमार हिरानी फिल्मको ब्यानरमा फक्स स्टार स्टुडियोको सहकार्यमा निर्माण भएको हो ।