चाम्सको फिल्ममा ‘ब्याचलर बन्टी’ बन्दै अनमोल

नायक अनमोल केसीको मुख्य भूमिका रहने मिलन चाम्सको फिल्मको नाम ‘ब्याचलर बन्टी’ फाइनल भएको छ । केहि समय अघि अनमोलले निर्देशक चाम्सको फिल्म साइन गरेका थिए ।

प्रदीप भारद्वाजको लेखन रहने फिल्म प्रेमकथामा बन्ने छ । फागुन १७ मा प्रदर्शन गर्ने तयारीमा निर्माण यूनिट रहेको छ । ‘ब्याचलर बन्टी’को सम्पूर्ण छायाँकन युरोपमा हुनेछ ।

चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का प्रोडक्सनको व्यानरमा बन्ने फिल्मको हिरोइन सहित अन्य कलाकार फाइनल भैसकेका छैनन् ।