३ दिनमा ‘वीरे दी वेडिंग’ को लगानी सुरक्षित

- मेराेफिल्म

वीरे दी वेडिंग २०१८ को पहिलो दिन सबै भन्दा बढी कमाइ गर्ने तेस्रो फिल्म बन्न सफल भयो । फिल्मले रिलिजको दुई दिनमै २२ करोड कलेक्सन गरिसकेको छ । चार साथीको एडल्ट कमेडी तथा जिन्दगीलाई आफ्नो तरिकाले जिउने कथा रहेको यो फिल्म हेर्न दर्शकको भिड देख्न सकिन्छ ।

पहिलो दिन १० करोडको कमाई गरेको फिल्म दोस्रो दिन दोब्बर कमाइ गरिसकेको छ । र यो हप्तामा ३५ करोड सम्म कमाइ गर्न सक्ने अनुमान गर्न सकिन्छ । ब्यापारको रफ्तार हेर्दा लाग्छ प्रदर्शनीको तेस्रो दिनमै यसले आफ्नो लगानी सुरक्षित गर्ने छ । फिल्म ३० करोडमा निर्माण गरिएको थियो ।

२०७५ जेठ २० गते १८:२४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *