अरबाज मलाइका बिवाह ‘बेटिङ्ग’ कै कारण अन्त्य

अरबाज खानले पुलिस समक्ष आफुले आइपीएलमा सट्टाबाजी गरेको कुरा स्वीकारेका छन् । तीन बर्षमा आफुले ३ करोड रूपैया हारेको समेत उनले बताए । २९ मेमा सोनु जालान नामका एक व्यक्तिलाई भारत प्रहरीले गिरफ्तार गरेको थियो । उसबाट प्राप्त डायरीमा अरबाजको समेत नाम देखे पछि प्रहरीले उनीसंग सोधपुछ गर्दा उक्त कुरा बाहिरिएको हो । अनुसन्धान गर्ने क्रममा यी दुइ बीचको कल डिटेल समेत प्राप्त भएर उक्त काममा अरबाजको संलग्नता पुष्टि भएको हो । उनले सोनु कै माध्यमबाट पैसा लगाएको, ५ वर्षबाट यो काममा संलग्न रहेको तथा बिगत ३ वर्षमा धेरै घाटा भएको कुरा बताएका छन् ।

स्रोतका अनुसार यहि बेटिङ्ग बाजीकै कारण अरबाज र मलाईकाको सम्बन्ध बिच्छेद भएको थियो । विवाहको २० बर्ष पछि यो कपलले २०१७ मा सम्बन्ध बिच्छेद गरेका थिए । अर्का तर्फ सम्बन्ध बिच्छेद हुनुको कारण मलाईका अर्जुन कपूरसँग नजिकिएको पनि भनियो तर अरबाजका अनुसार बेटिङ्गबाजी कै कारण सम्बन्ध बिच्छेद भएको हो ।

१९९३ मा मिस्टर कफी एड शूटका लागि मलाईका र अरबाजले साईन गरेका थिए । यसलाई लिएर धेरै विबाद पनि भएको थियो । यस प्रोजेक्टलाई लिएर दुबै एक आपसमा नजिकिएका थिए । १९९८ मा उनीहरुले विवाह पनि गरे । यो कपलका एक छोरा छन् अरहान, जो मलाईकासँग बस्छन् ,जबकी अरबाजलाई अरहानसँग भेट्ने अनुमति नै छैन ।

मलाईका अरबाजभन्दा ७ बर्षले सानी छन् । उनको जन्म २३ अगस्ट मुम्बईमा भएको थियो भने अरबाजको जन्म ४ अगस्ट १९९७ मा भएको थियो । मलाईका एक्ट्रेस, डांसर, भिजे हुन भने अरबाज पनि एक्टर हुन् । मलाईका विवाहभन्दा पहिला क्रिस्चियनिटी फलो गर्थिन् । खबर अनुसार उनका पिता पंजाबी थिए भने माता मलयाली क्याथोलीक फेमिलीबाट थिइन् ।