विपिनको अभिनय चल्यो, अनुहार चलेन

- मेराेफिल्म

विपिन कार्की फरक भूमिका गर्न सिपालु छन् । नेपालमा थोरै हिरोहरुले मात्र आफूले पाएको भूमिकालाई निभाउन सक्छन् । विपिन कार्कीलाई जस्तो रोल दिएपनि निभाउन सक्ने हिरोको रुपमा चिनिन्छ ।

विपिन आफूले पाएको भूमिकामा समय दिन्छन् । त्यसमै आफूलाई बदल्न समय लगाउँछन् । तर, के यत्तीले मात्र विपिनलाई सुख होला त ?

विपिनले फिल्म जात्रा चलेपछि १७ लाख पारिश्रमिक लिएको खबर बाहिर आएको थियो । विपिनले पनि एउटै फिल्ममा मेहनत गर्ने भन्दै आफूले पारिश्रमिक पनि राम्रो माग्ने गरेको बताएका थिए ।

फिल्मका लागि मेहेनत गर्ने विपिनको अभिनय चलेको छ । तर, उनको अनुहार चल्न सकेको छैन । २०७४ सालमा विपिनलाई लालपूर्जाले धक्का दिएको थियो । यो सिनेमाका लागि विपिनले उच्च पारिश्रमिक लिएका थिए ।

फिल्म असफल भएपछि विपिनलाई हरी नामक फिल्मबाट अपेक्षा थियो । जेठको १८ गतेबाट हलमा रिलिज भएको हरिले राम्रो व्यापार गरेन । विपिन कार्कीको अभिनय हेर्न दर्शक हलमा पुगेनन् ।

विपिनले अभिनय राम्रो गर्छन् । तर, उनको अभिनयले फिल्ममा लगानी गर्नेहरु सुरक्षित हुन सकेका छैनन् । विपिनको अभिनय त चल्यो तर अनुहार चल्न सकेन ।

२०७५ जेठ २० गते १४:४१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *