दीपकको कथाकै लफडा

दिपकराज गिरी र दिपाश्री निरौलासँग फिल्म खेल्न धेरै कलाकार चाहन्छन् । यी दुइको फिल्म खेल्दा हिट हुने र त्यसले फाइदा हुने स्वार्थ कलाकारले पाल्नु नराम्रो होइन ।

तर, दीपकराज गिरीको एउटा बानीले कलाकारलाई अप्ठ्यारो बनाएको छ । कुनै पनि कलाकारले फिल्म खेल्नु अघि आफ्नो भूमिका के हो भनेर वुझ्न पाउनु स्वभाविक हो । किनकी, कलाकारलाई भूमिका थाहा नभई खेल्दा त्यसले काम गर्दै जाँदा अप्ठ्यारो पनि पर्न जान्छ ।

तर, दीपकराज गिरीले आफ्नो फिल्मको पुरै कथा र कलाकारको भूमिका सुनाउँदैनन् । पुरै भूमिका सुन्दा कलाकारको अन्तिमसम्म काम गर्ने तरिका बदलिन्छ भन्ने उनी सोच्छन् ।

यसैले दिपकलाई अप्ठ्यारो पनि परिरहेको छ । छक्का पन्जा २ मा दिपकले अभिनेता प्रदिप खड्कालाई खेलाउन खोजेका थिए । तर, यहाँ पनि उनले पुरै कथा सुनाउन मानेनन् । प्रदिपले आफ्नो पुरै भूमिका थाहा नपाएपछि काम गरेनन् ।

छक्का पन्जा ३ मा पनि यही कुरा आएको छ । फिल्ममा काम गर्ने पक्का भएका अभिनेता पुष्पल खड्काले पनि आफ्नो भूमिका थाहा नपाउँदा छाडेको बताइरहेका छन् ।

दिपकराज गिरीले भने पुरै भूमिका नसुनाउने आफ्नो पुरानै तरिका रहेको बताएका छन् । दिपकले कथा पुरा नसुनाउने अडान लिदा समस्या देखिन थालेको छ । दिपकको तरिकामा कलाकार सहमत हुने कि दिपकले यो बानी हटाउने ? फैसला दुबैपक्षले गर्दा बेश ।