‘चङ्गा’को स्याड भर्सन गीत ‘मेरी आमा’

फिल्म ‘चङ्गा’को स्याड भर्सन गीत सार्बजनिक भएको छ । ‘मेरी आमा’ बोलको गीतमा एक बन्धक बालकको आमा प्रतीको प्रेम देखाइएको छ । गीतको शब्द, संगीत र स्वर कमल खत्रीको रहेको छ ।

फिल्ममा बुद्धि तामाङ, कमल मनि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमल्सिना, प्रेम बर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लकी भन्डारी लगायतका कलकारहरुको अभिनय हेर्न सकिन्छ । फिल्मको कथा तथा निर्देशन किशोर भन्डारीको रहेको छ । फिल्ममा नवराज उप्रेतीको छायांकन, कविराज गहतराजको कोरियोेग्राफी र कृष्ण भन्डारीको सम्पादन रहेको छ । फिल्मलाई रेश्मा तिमल्सिनाले निर्माण गरेकी हुन् । कन्टिनिओस मुभि मेकर्सको ब्यानरमा तयार पारिएको उक्त फिल्म जेष्ठ २५ बाट अलनेपाल रिलिज हुँदैछ ।