एलिशाको मखमली चोलीमा अल्झिए पुष्प

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत ‘मखमली चोली’ रिलिज भएको छ । राजन खतिवडाको संगीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर रहेको छ ।
पछिल्लो समय निकै रुचाइएकी गायिका मेलिना राई र गायक सुमन केसीले गीतबाट निकै आशा राखेको बताए । गायक सुमन केसीले भने ‘गीतमा धेरै मेहनत गरिएको छ । मेहनत अनुसार दर्शक-श्रोताले रुचाउने आशा लिएका छौं ।’
त्यस्तै, एक गाउँले परिवेशको सुन्दर युवतीको ‘मखमली चोली’ देखेर एक युवा आकार्षित भएको कुरालाई गीतको मध्यमबाट उत्तारिएको गीतकार अम्बिका गुरुङले बताइन् । गुरुङ यस वर्ष गीतकार संघले छानेको उत्कृष्ट गीतकारको टप १० सुचिमा परेकी छिन् ।
पछिल्लो समयका ब्यस्त निर्देशक शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ । भिडियोमा पुष्प र एलिशाको प्रेमलाई देखाइएको छ । भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको निर्देशक शान थापाले बताए ।
राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया