दीपिकाले छोडेपछि करिना फाइनल

साहरुख खान अहिले फिल्म ‘जीरो’को छायांकनमा व्यस्त छन् । २५ करोडको भव्य सेटमा अमेरिकामा यो फिल्मको छायांकन भैरहेको छ । साहरुखले यो फिल्मको छायांकन नसकी अर्को फिल्मको बारेमा केही पनि नबोल्ने बताएका छन् । तर, उनले नयाँ फिल्म ‘स्यालुट’मा काम गर्न लागेको खबर बाहिरिएको छ ।

राकेश शर्माको बायोपिकमा आधारित छ फिल्म स्यालुट । राकेश भारतका मंगल ग्रहमा पुग्ने पहिलो व्यक्ति हुन् । फिल्ममा साहरुखले राकेशको भूमिका निर्वाह गर्दैछन् । पहिले फिल्मका लागि नायिका दीपिका पादुकोणलाई अफर गरिएको थियो । तर, दीपिकाले काम गर्न इच्छा नगरे पछि अहिले अर्की नायिका करिना कपुरलाई फाइनल गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्मको छायांकन अक्टुबरदेखि सुरु हुनेछ ।