भगवानको कारण मनिषा बलिउडमा – सुभास घई

कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड ईन्टरनेस्नलको संयुक्त आयोजनामा फिल्म सम्बन्धि सेमीनारको लागी बलिउडका शो म्यान, चर्चीत फिल्म निर्देशक सुभास घई, लेखक अन्जुम राजाबली र निर्देसक घई को टिम नेपाल आएका छन ।
विस्लीङ्ग उडका फाउण्डर चेयरमेन समेत रहेका घईले नेपाली चेली मनिषा कोइरालालाई १९९१ मा चलचित्र ‘सौदागर’बाट बलीउडमा इन्ट्रि गराएका थिए ।

उनी नेपाल आउनुको उदेश्य र नेपालमा रहँदा उनले गर्ने कार्य विवरणको बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले एक अनौठो कुरा गरे ।
उनलाई एक पत्रकारले जिज्ञासा राखे ‘मनिषा कोइराला आज जे हुनुहुन्छ त्यो तपाईंको कारण नै हो ।’ उनले यो जिज्ञासामा अनौठो जवाफ दिए । उनले भने, ‘उनी भगवानको कारण मनिषा कोइराल हुन । मेरो कारण होइन ।’ उनले मनिषालाई बलिउडमा ब्रेक गराएको श्रेय आफुले लिन चाहेनन् ।

आइतबार होटल अन्नपुर्णमा आयोजित कार्यशालामा घईले मिडीया नलेज, स्कृप्ट राईटिङ्ग, मोवाईल फिल्म मेकिङ्ग र फेसन डिजाइनमा केन्द्रित रहेर आफ्ना अनुभब साटेका थिए । कार्यशालाको लागि मुम्बईबाट निर्देशक घईसँगै अन्य विधाका विज्ञहरु स्कृप्ट राईटर अन्जुम राजाबली, फेसन डिजाईनर, निशा चन्दा, फिल्म मेकर रविया नाज्की तथा मुक्ता आर्टस्का मेनेजीङ डिरेक्टर राहुल पुरी र नेपालबाट दिनेश डिसी सहभागी भएका थिए ।

कार्यशालाले नेपाली फिल्म, फेसन र मिडीयालाई अझ बढी बिस्तारित बिनाउने विश्वास लिएको कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।