पूर्वपति भेट्न घरसम्मै पुगिन् मलाइका

सम्बन्ध टुटेर के भयो त माया त बाकी नै रहने रैछ । अरबाज माथि क्रिकेट बेटिंगको आरोप लागेको छ । त्यसै कारण उनलाई भेट्न उनकी पुर्व पत्नी मलाइका घर सम्म पुगेकी छन् । यी दुइको डिभोर्सको कारण पनि क्रिकेट बेटिंग नै मानिएको छ तर यो अवस्थामा समेत उनी पुर्व पति लाई भेट्न गएकी छन् ।

विवाहको २० बर्ष पछि यो कपलले २०१७ मा सम्बन्ध बिच्छेद गरेका थिए । अर्का तर्फ सम्बन्ध बिच्छेद हुनुको कारण मलाईका अर्जुन कपूरसँग नजिकिएको पनि भनियो तर अरबाजका अनुसार बेटिङ्गबाजी कै कारण सम्बन्ध बिच्छेद भएको हो ।

१९९३ मा मिस्टर कफी एड शूटका लागि मलाईका र अरबाजले साईन गरेका थिए । यसलाई लिएर धेरै विबाद पनि भएको थियो । यस प्रोजेक्टलाई लिएर दुबै एक आपसमा नजिकिएका थिए । १९९८ मा उनीहरुले विवाह पनि गरे । यो कपलका एक छोरा छन् अरहान, जो मलाईकासँग बस्छन् ,जबकी अरबाजलाई अरहानसँग भेट्ने अनुमति नै छैन ।

मलाईका अरबाजभन्दा ७ बर्षले सानी छन् । उनको जन्म २३ अगस्ट मुम्बईमा भएको थियो भने अरबाजको जन्म ४ अगस्ट १९९७ मा भएको थियो । मलाईका एक्ट्रेस, डांसर, भिजे हुन भने अरबाज पनि एक्टर हुन् । मलाईका विवाहभन्दा पहिला क्रिस्चियनिटी फलो गर्थिन् । खबर अनुसार उनका पिता पंजाबी थिए भने माता मलयाली क्याथोलीक फेमिलीबाट थिइन् ।