अमेरिका बोइजको ‘माया लै लै’ सार्वजनिक

- मेराेफिल्म

जेठ १८ देख प्रदर्शनमा आएको फिल्म अमेरिका बोइजको ‘माया लै लै’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत दिपक राजको रहेको छ भने स्वर दिपक राज र मिना निरौलाको रहेको छ । गीतलाई रिकेश गुरुङ्गले एरेन्ज गरेका हुन् ।

प्रवेश पौडेल निर्देशित यस फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ ।‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ ।

२०७५ जेठ २१ गते १४:२१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *