‘मट्टी माला’ को ‘तिमी बाहेक’ सार्वजनिक

जेष्ठ २५ बाट अल नेपाल रिलिज हुन गईरहेको फिल्म ‘मट्टी माला’ को ‘तिमी बाहेक’ बोलको गीत सार्बजनिक भएको छ । उक्त गीतमा बुद्धि तामाङ र रजनी गुरुङको रोमान्स हेर्न सकिन्छ । गीतलाई सुमन राई र अम्रिता लिम्बुले गाएका छन् । गीतको शब्द रोशन भट्टराईको रहेको छ भने सुमन राईले संगीत भरेका हुन् ।

गीतमा राजेश पुमाको कोरियोग्राफी, राहुल राईको छायांकन रहेको छ । फिल्ममा बुद्धि तामाङ, रजनी गुरुङ, प्रियंका कार्की, पृथ्वी राई, शिशिर राणा, चिरन राई, संध्या श्रेष्ठ, अरुना कार्की, अर्जुन गुरुङ, बिनाद राई, बिक्रम लामा, लगायतका कलकारहरुको अभिनय हेर्न सकिन्छ । फिल्मको कथा तथा निर्देशन टेके पौरखी राईको रहेको छ भने सम्पादन अनिल कुमार महर्जनको रहेको छ । उक्त फिल्म पौरखी फिल्मस्को ब्यानरमा तयार पारिएको हो ।