शोकमा रणवीर, हजुरआमाको मृत्यु

बलीउड अभिनेता रणवीर सिंहकी हजुरआमाको निधन भएको छ । रणवीर आज मुंबईमा आयोजित स्विजरल्यान्ड टूरिजमको प्रेस कन्फ्रेन्समा सहभागी जनाउने वाला थिए । तर उनको हजुरआमाको निधनको कारण यो इभेन्ट उनले क्यान्सिल गरेका छन् ।

हाल रणवीर सिंहको हजुरआमाको निधनको समयलाई लिएर उनको परिवारको तर्फबाट कसैले पनि आधिकारिक जानकारी भने दिएका छैनन् । रणवीर आफ्नो हजुरआमासंग धेरै लगाव थियो । रणवीर सिंहले आफ्नो इन्टरभ्युहरुमा उनको सफलताको पछाडी हजुरआमाको हात रहेको बताउने गर्छन ।