रजनिकान्तको फिल्म बिरुद्ध पत्रकारको मुद्दा

रजनिकान्तको फिल्म ‘काला’ रिलिजको तयारीमा छ । तर फिल्म रिलिजको पूर्वसन्ध्यामा कानूनी झमेलामा फसेको छ । जवाहर नडार नामका पत्रकारले रजनीकान्तले फिल्ममा निभाएको ग्यांगस्टरको क्यारेक्टर आफ्ना बाबु थिरावयिम नडारको वास्तविक जीवनमा आधारित भएको भन्दै मानहानिको मुद्दा हालेका छन् ।

आफ्नो बुवाको चरित्रलाई नकारात्मक रुपमा पेश गरिएको भन्दै उनले एक अर्ब क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । साथै फिल्म निर्माताले आफ्नो परिवारसँग माफी माग्नुपर्ने पनि उनको भनाई छ ।

यस विषयमा ‘काला’ का निर्माताहरुको भनाई आएको छैन । यो फिल्म रजनीकान्तका ज्वाईं धनुषले बनाएका हुन् । महंगो बजेटको फिल्ममा नाना पाटेकर र हुमा कुरैशीको पनि अभिनय रहेको छ । यो फिल्मलाई भारतको कर्नाटक राज्यमा रोक लगाइसकिएको छ । रजनीकान्तले दिएको एउटा विवादास्पद अभिव्यक्तिका कारण त्यहाँ रोक लगाइएको हो ।