मुभी डेटमा अनिल कपुरका छोरा र क्याटरिनाकी बहिनी

बलिउडमा पछिल्लो समय रणवीर आलियाको आफेयरको चर्चा चलिरहेको छ । त्यस्तै अनिल कपुरका छोरा हर्षवर्धन र क्याटरिनाकी बहिनी इसाबेलाको खबरको पनि कम चर्चा भने छैन ।

यी दुइको कारमा रहेको फोटो बाहिरिएको छ । कारको फ्रन्ट सिटमा हर्ष बसेका छन् भने ब्याक सिटमा इसाबेला । खबरका अनुसार हर्ष मुम्बईको सब अर्बन एरियामा इसाबेलालाई फिल्म देखाउन लैजादै थिए ।

फिल्म डेटको समयमा हर्षले ग्रे टिसर्ट लगाएका थिए भने इसाबेला रिल्याक्स्ड टिशर्टमा थिइन् । यी दुईको अनुहारमा छालिकिएको खुसि चर्लान्गे देख्न सकिन्थ्यो ।