रामकृष्ण ढकालको ‘बाटो गल्लीको देवता’

मनका गायक रामकृष्ण ढकाल एउटा बिल्कुलै फरक शैलीको गीत लिएर दर्शक स्रोतामाझ आएका छन् । ‘बाटो गल्लीको देवता’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत उनी प्रस्तुत भएका हुन् ।
‘बाटो गल्लीको देवता म, छैन मेरो सुनको गजुर’ शीर्षकको गीतमा वास्तविक देवताको कथालाई प्रस्ट्याउने प्रयास गरिएको छ । गीतकार मनिष वशिष्ठको रचना तथा सुशान्त गौतमको संगीत रहेको गीतमा देश–देशावरमा बहकिएका तीर्थालुलाई प्रतीकात्मक व्यंग्य प्रहार गरिएको छ ।
नजिकको तीर्थ हेला हुन्छ भन्ने उखानलाई प्रमाणित गर्दै गायक ढकालले नाम चलेका मन्दिरमा तीर्थव्रतका लागि देश–विदेश जाने तर आफ्नै वरपर रहेका मन्दिर र मूर्तिहरुलाई हेला गर्ने प्रवृत्तिबारे यो गीत तयार पारिएको धारणा व्यक्त गरेका छन् । प्रस्तुत गीतमार्फत आफ्नो स्वरमा केही फरक स्वाद दर्शक–श्रोतालाई दिने प्रयास गरेको गायक ढकालको भनाइ छ ।
उक्त गीतको भिडियोमा जीवन भट्टराई, सगुन पोखरेल, लकी भण्डारीसहितका कलाकारहरुले अभिनय गरेका छन् । निकेश खड्काद्वारा निर्देशित उक्त भिडियोमा उत्तम हुमागाईको छायांकन तथा विकास धमलाको सम्पादन रहेको छ ।

‘सोल्टिनी’को छायांकन ३६ दिनमा प्याकअप

दिव्यासँग प्रदिपः के बल्ल जोडी सुहाएको हो ?

‘परालको आगो’मा जितु नेपालको इन्ट्री

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

प्रतिक्रिया