कन्काईष्ट राईको ‘मुटुभित्र देउन मलाई बास’

गायक तथा संगीतकार कन्काईष्ट राईको नयाँ आधुनिक गीत बजारमा आएको छ । राजुबाबु श्रेष्ठको शब्द रचना रहेको ‘मुटुभित्र देउन मलाई बास’ बोलको गीत बजारमा आएको हो । उक्त गीतमा अहिलेका चर्चित एवम् लोकप्रिय संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ । भिडियोमा नायिका बेनिशा हमाल र टंक राज हानेग्लुको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन तथा बिकास धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन ।