मिसेस नेपाल युनिभर्स २०१८ बनिन्, मनिशा डंगोल श्रेष्ठ

मिसेस नेपाल युनिभर्स २०१८ को उपाधि मनिशा डंगोल श्रेष्ठले प्राप्त गरेकी छन् । ई प्लानेट प्रा.लि.ले आयोजना गरेको प्रतियोगितामा बिजयी हुन सफल मनिशा फिलिपिन्सको मनिलामा आगामी डिसेम्बर ३ देखि १० तारिख सम्म हुने ‘मिसेस् युनिभर्स २०१८’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् ।
राजधानीमा आयोजित एक कार्यक्रमका वीच मिसेस नेपाल युनिभर्स, पुर्व मिसेस नेपाल दिपा शाही राणा तथा लिटिल मिस वल्र्ड युनिभर्स विषेशता बुडाथोकीले मनिशालाई ताज पहि¥याए । मिसेस युनिभर्स २०१८ मा सहभागिता जनाउनु पुर्व मनिशालाई कोरियोग्राफर रोजिन शाक्यले अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धीत अभिमुखिकरण र प्रशिक्षण प्रदान गर्ने छन् ।
यस अघि ई प्लानेट प्रा.लि.कै संयोजन र व्यवस्थापनमा २०१३ मा मिना घिमिरेले नेपालका तर्फाबाट मिसेस युनिभर्स २०१३ मा सहभागिता जनाएकी थिइन् र मिसेस कन्जिन्यालिटी अवार्ड जित्न सफल भएकी थिइन् । यसै गरी २०१४ मा रजनी थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा रजनीले ब्युटीफुल लेडीको अवार्ड जित्न सफल भएकी थिइन् । यसैगरी मिसेस् युनिभर्स २०१६ मा पद्मिनी झाले नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् ।
आफूलाई फिलान्थ्रोपिष्ट भन्न रुचाउने मनिशा डंगोल श्रेष्ठ दुई सन्तानकी आमा हुन् । मिस अस्कोल १९९७ का रुपमा पनि परिचय बनाइसकेकी मनिशा हाल लन्डनमा लन्डन फेसन हाउस संचालन गर्र्दै आएकी छन् । लन्डन फेसन हाउसको क्रिएटिभ हेड एवं निर्देशक रहेकी मनिशा नेप्लीज युथ क्लबकी संस्थापक अध्यक्ष, पासा पुचः गुठी युके उपाध्यक्ष समेत रहेकी मनिशाले फेसन हाउसकै ब्यानरमा मिसेस नेपाल युके, मिस टिन नेपाल युके तथा मिस लिटिल नेपाल युकेको आयोजना गर्दै आएकी छन् । एनआरएनए युकेको पहिलो युथ कोअर्डिनेटर समेत रहिसकेकी उनी एनआरएनएमा विभिन्न रुपमा सक्रिय रहँदै आएकी छन् । वेष्ट लन्डन कलेज तथा सिटि अफ लन्डन कलेजबाट स्नातकोत्तर पूरा गरेकी उनले लन्डन फेसन हाउस संचालन गर्नु पूर्व राल्फ लरेन, अर्मानी लेडिज वेयर जस्ता विश्व प्रतिष्ठित फेसन ब्रान्डका लागि कन्सल्टेन्टका रुपमा कार्य गरेकी थिइन् ।
मिसेस् युनिभर्स २५ देखि ४५ वर्षका विवाहिता महिलाहरुमा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकारप्रति समर्पित रहेको छ ।

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_dr12fRMq11_mc141snlrgotex0mwdallncd9mjzjam05zvtbil77g3lrfk3radaarxowh7w.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_l9e2qYBemD_vgacaaxkdg1ekbhdqmbancvjcdvgb2g7pcvwsypuyebrahsw3suuzlfxzhsa.jpg)
बबिराज फेस अफ द नेशन

प्रतिक्रिया