शरीर राम्रो भएर मात्रै पुग्ला र ?

राजधानीमा साता दिन अघि मात्र रिलिज हुन तम्तयार रहेको फिल्म चिमुसीचीको गीत रिलिज भएको थियो । सुनिल क्षेत्री र एलिसा शर्माले यो गीतमा नाचेका छन् । गीत सुन्दा जति मिठो थियो भिडियो उती खराब थियो । थाइल्याण्डमा खिचिएको भिडियो कमजोर रहन पुग्यो । |

अहिले यो फिल्मको फस्टलुक भन्दै पोष्टर आएको छ । पोष्टरमा सुनिल, एलिसा र अर्का हिरो सुशान्त कार्की छन् । सुनिल र सुशान्तले त आफ्नो सिक्स प्याक नै देखाएका छन् ।

सुनिललाई आफूले बनाएको प्याक्स देखाउने मोह रहेछ । उनले, गीतको एउटा दृश्यमा पनि आफ्नो शरीर जर्बजस्ती देखाउन खोजेका छन् । शरीर देखाएर हिरो बन्न नसकेकाहरु धेरै छन् । सुशान्त कार्कीले आफ्नो शरीर बनाएको धेरै भएको छ । तर, उनको शरीरले उनलाई सिनेमा लाइनमा काम दिएको छैन । सुशान्तको न नाम छ न काम छ ।

सुनिलले पनि शरीर देखाएर दर्शकको ध्यान तान्न खोजेका छन् । तर, शरीर मात्र देखाएर चलिदैन भन्ने वुझ्न सविन श्रेष्ठ, सुशिल श्रेष्ठहरुलाई हेर्दा हुन्छ ।

शरीर भन्दा पनि काम राम्रो गर्न आवश्यक छ । चिमुसीचीको पोष्टरमा शरीर देखाएका सुशान्त र सुनिलले सिनेमामा काम देखाउन सके भने ठिकै हो । तर, पहिलो गीतको भिडियोले नै दाँतमा ढुंगा लगाइदिसकेको छ ।