नाम्चेबजारमा कन्सर्ट वीथ डिजे

एभरेष्ट डेको अवसरमा सोलुखुम्बुको नाम्चेबजारमा ‘एभरेष्ट डे–२०१८’ सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको छ । पार्टि एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टको व्यवस्थापनमा नाम्चे युथ ग्रुपले नाम्चेबजार स्थित हिमालय आधारभूत विद्यालयको प्रांगणमा लोकप्रिय कलाकारहरुको साथमा लाईभ कन्सर्ट तथा डान्स पार्टि सञ्चालन गरेको थियो । पार्टि एभरेष्टका पासाङ छिरिङ शेर्पाका अनुसार यो कन्सर्ट विश्वकै सबैभन्दा अग्लो स्थानमा गरिएको कन्सर्ट तथा डान्स पार्टि हो ।
‘सगरमाथाको फेदी अनुपम छ ठाउ, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाउ’ भन्ने नारा राखेर आयोजना भएको सांगीतिक कार्यक्रममा प्रशान्त तामाङसहित बद्री पंगेनी, अभिनाष घिसिङ तथा लोक गायिका प्रिया भण्डारीले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागि हुन गायक प्रशान्त तामाङ मुम्बईबाट आएका थिए ।
लोक गायक बद्री पंगेनीले भने आफ्नो गायनमार्फत उपस्थित झण्डै ३५ सय दर्शकहरुलाई छमछमि नचाए । गायक अभिनाष घिसिङ तथा गायिका प्रिया भण्डारीले पनि दर्शकहरुलाई उत्तिकै मनोरञ्जन दिए । सांगीतिक कार्यक्रम लगत्तै डिजे तेन्जिङले कार्यक्रम परिसरलाई डान्स फ्लोरको रुपमा रुपान्तर गरिदिए ।
सगरमाथाको आरोहण गरेर फर्किएका विदेशी पाहुनाहरुले समेत सांगीतिक कार्यक्रमबाट मनोरञ्जन लिएको डिजे तेन्जिङले बताए । उद्घोषिका जेनी शेर्पाद्वारा सञ्चालित साझ ६ बजेपछि प्रारम्भ भएको ‘पार्टि एट टप अफ द वल्र्ड’ कन्सर्ट तथा डिजे पार्टि बिहान ५ बजेसम्म चलेको थियो ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया