३० बर्ष करिश्मा व्यस्त कि अस्तव्यस्त ?

अभिनेत्री करिश्मा मानन्धरले फिल्म लाइनमा ३० बर्ष बिताइन् । ३० बर्ष फिल्म लाइनमा बिताउँदा उनी व्यस्त भइन् । व्यस्त बनेकी करिश्मालाई अहिले आएर देश र समाजका लागि केही पनि नगरेको जस्तो लाग्दैछ । करिश्माले फेसबुकमा आफ्नो ३० बर्ष व्यस्त भएपनि समाज र देशका लागि केही नगरेको महशुश भएको उल्लेख गरेकी छिन् । अभिनेत्री करिश्मा मानन्धरको ३० बर्षको यात्रा व्यस्त बन्यो कि अस्तव्यस्त ?

करिश्मा मानन्धरको यूगमा अभिनेत्रीहरु कम थिए । यसैले हुनसक्छ उनले संचारमाध्यमको ध्यान तानिन् । करिश्माले मुख्य हिरोइन भएर काम गरेका सिनेमाहरु कुनै सफल र कुनै असफल छन् । करिश्मा निर्मात्रीको रुपमा आंशिक सफल हुन् । ढुकढुकी फिल्म चलेपनि बाबुसाहेक र फागुले उनलाई डुबाइदियो ।

करिश्मा ९ बर्ष त अमेरिकामा नै बसिन् । ९ बर्ष अमेरिकामा बस्दा उनले देश, समाज र फिल्म लाइनका लागि कुनै पनि योगदान गर्न सकिनन् । नेपाल आएपछि उनी हिरोइन भएर जमिनन् । चरित्र अभिनेत्रीको भूमिका गर्दा उनलाई दर्शकले रुचाएनन् ।

करिश्मा राजनीतिमा होमिइन् । राजनीतिमा उनको सफलता देखिएको छैन । नयाँ शक्ति पार्टी अहिले राष्ट्रिय पार्टी पनि बनेको छैन । करिश्मा यो पार्टीमा लागेर देशको काँचुली फेरिन्छ भन्ने सोचमा छिन् ।

तर, करिश्माले यात्रा गर्नुपर्ने राजनीतिक बाटो त अप्ठ्यारो छ । करिश्माले राजनीतिमा लाग्दा पढ्नुपर्छ भनेर बुझिन् । उनी ९ कक्षामा भर्ना भएर पढ्न थालिन् । ३० बर्षमा करिश्मा व्यस्त बनिन् कि अस्तव्यस्त ?