सात सेलिब्रेटीलाई र्याम्पमा उतार्दै ‘द क्रिएसन’

द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले जेठ २५ गते शुक्रवार अन्नपूर्ण होटलमा द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनको आयोजनामा‘फेसन नोभा २०१८ – सिजन ७’ हुने भएको छ । शोका लागि छनोट भएका मोडलहरुलाई कोरियोग्राफर प्रशान्त ताम्राकार तथा कलाकार रक्षा श्रेष्ठले मोटिभेसनल र ग्रूमिङ प्रशिक्षण दिइरहेका छन् ।

शोका लागि डिजाइनर निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले पहिरन तयार पार्नेछन् । विभिन्न सात वटा थिम ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिष्टिक, ब्राइडल तथा कक्टेल वेयरमा डिजाइन तयार गरिदै छ ।

सात सेलिब्रेटी रेनुका सिंह ठकुरी, ज्योत्सना योगी, पृथ्वीराज प्रसाईं, दीपक घिमिरे, एलिजा धमला, रक्षा श्रेष्ठ, निलम चन्द तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले उक्त थिममा सिक्वेन्स स्टपर्सको रुपमा क्याटवाक गर्ने छन् । फेसन शोमा पहिलो मिस नेपाल रुवी राणा शाह शो स्टपर्सको रुपमा प्रस्तुत हुने छिन् ।

फेसन शोलाई मोडल तथा कोरियोग्राफर विपना थापाले कोरियोग्राफी गरिरहेकी छिन् भने मेकअप आर्टिष्टको रुपमा निलम पौडेल रहनेछिन् । राइज म्युजिकका बिनोद सिंहले फेशन शो व्यवस्थापनको जिम्मा लिएका छन् ।