४५ बर्षिया मलाईकाको फिटनेस राज

मलाईका र अरबाज खानको सम्बन्ध बिच्छेद पछिको जीवनमा पनि मलाइका खुसि नै छिन् । खबर अनुसार अरबाजले ५ बर्षदेखि सट्टाबाजीमा हात हालेकै कारण उनीहरुको सम्बन्ध बिच्छेद भएको थियो ।यी दुइ २०१७ मा अलग भएका थिए । त्यस पछि मलाईका अरबाजको घर ग्यालेक्सी अपार्टमेन्टबाट टाढा आफ्नो छोराका साथ एक फ्ल्याटमा बस्दै आएकी छन् । मलाईका जतिनै स्ट्रेसमा भएपनि फिट रहनका लागि जिममा धेरै समय वर्कआउट गर्ने गर्छिन ।

डाईटमा ध्यान दिन्छिन
४५ बर्षिय मलाईकाले सोशल मीडियामा एक्सरसाईज गर्दै गरेको केहि भिडीयो शेयर गरेकी थिइन् । एक इन्टरभ्युको क्रममा मलाईकाले आफ्नो फिटनेसको राज खुलसा गरेकी थिईन् । मलाईकाले आफ्नो डाईटमा सागशब्जी खाने गरेको बताइन् । यसको साथमा उनले एन्टी अक्सीडेन्ट फूडको पनि प्रयोग गर्ने बताइन् । मलाईका वर्कआउटको दौरानमा ज्यादा भन्दा ज्यादा हेल्दि स्न्याक्स खान मन पराउँछिन् ।

फिट रहन आउटडोर स्पोर्टस
मलाईका फिट रहनका लागि वर्कआउट सँगै खेलकुदमा पनि निकै ध्यान दिन्छन् । उनी सबै खालको आउटडोर स्पोर्टस् खेल्छिन् । यसका साथै उनी आधा घन्टा स्विमिङ, साईकिलिङ गर्ने गर्छिन् । फिटनेस शेड्यूलको समयमा उनी योगा, डान्स, वेट ट्रेनिङ, केक बक्सिङ पनि शामेल गर्ने गर्छिन् ।

 डाइट रुटिन
मलाईका आफ्नो दिन हेल्दि स्मूदी रुपमा सुरु गर्छिन् । जसले उनलाई इनर्जी मिल्ने गर्दछ । यसको साथमा मलाईकालाई पास्ता धेरै मन पर्छ । उनी दैनिक रुपमा बदाम मिल्क, ईलायची पाउडर र शहदसँगै ओट्स लिन मन पराउँछिन् । र यो सँगै डीटक्स जूस धेरै मन पराउँछिन् । उनी यो जूस शरिरको आईरनको मात्रा बढाउनको लागि पिउने गर्छन् । ब्रेकफास्टमा मलाईकाको एवोकाडो टोस्ट खान मन पराउँछन् । उनी पेस्टको माथि चिली फ्लेक्स हालेर खाने गर्छिन् । लन्च र डिनरमा उनी डिटक्स मिलनै खान मन पराउँछन्, जसमा धेरै साग सब्जि शामेल गरेर खान्छिन् जसले वजनलाई कन्ट्रोल गर्ने गर्छ । डिनरमा उनी सादा खाना खान मन पराउँछिन् ।

मिठाईबाट टाढा
मलाइका मिठाइहरुबाट टाढा रहने गर्छिन् । तर उनको डाईटमा दहि, घिउ, जस्ता चिजहरु मिसाएको हुन्छ । मलाईका सी फूड पनि मन पराउँछिन् । उनी यसका साथै कोकोनट वाटर पिउँछिन्, साथै हार्ड ड्रिंक्स र स्मोकिंगबाट पनि टाढा रहन्छिन् ।