‘प्रसाद’मा निस्चल बस्नेतको इन्ट्री

फिल्म ‘प्रसाद’मा नायक निस्चल बस्नेतको इन्ट्री भएको छ । केही समय अगाडी निर्माण घोषणा गरिएको फिल्ममा यसअघी नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठ फाइनल भैसकेका छन् ।

‘स्क्रिप्टमा काम गर्दै गर्दा एक गहन, चुनौतीपूर्ण र पृथक क्यारेक्टरको निर्माण भयो त्यसको पहिलो बिकल्प नै निस्चल थिए’ निर्देशक दिनेश राउतले भने, ‘‘स्क्रिप्टमा त्यो चरित्र निर्माण हुनासाथ मेरो दिमागमा आएको फस्ट इमेज नै निश्चल थियो, हाम्रो प्रस्तावलाई उहाँले पनि सजिलै मान्नुभयो ।’

स्क्रिप्ट र रोल चित्त बुझेर फिल्म खेल्न आफू तयार भएको नायक निश्चल बस्नेतले बताएका छन । उनले भने, ‘मैले अहिलेसम्म नगरेको चुनौतीपूर्ण रोल यसमा पाएको छु । सँगसँगै फिल्मको स्टोरी एकदमै राम्रो छ ।’

निश्चल फिल्ममा अनुबन्ध भएसँगै फिल्मका अर्का नायक विपिन कार्कीले प्रतिकृया जनाएका छन् । उनले भने, ‘मेरो अपोजिटमा निश्चललाई पाउँदा सबैभन्दा खुसी म छु । कथाको थिम अनुसार पनि निश्चल हुँदा त्यसले फिल्ममा अाकर्षण थपिनेमा म ढुक्क छु ।’

फिल्म आगामी असार १ देखि छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले बताएको छ । निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्म ‘प्रसाद’को पटकथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्म ‘प्रसाद’मा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहनेछ । फिल्ममा एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन ।